बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा
शुक्रबार, २२ जेठ २०८३

पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा


काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ।

भदौ २३ र २४ गतेकाे घटनासम्बन्धी जाँचबुझ आयोगको सचिवालयले बिहीबार एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको हो।

यसअघि अनुसन्धानको सिलसिलामा असोज १२ गते लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो।

‘प्रस्तुत विषयमा भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्वमाननीय गृह मन्त्री रमेश लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न मिति २०८२/६/१२ को बैठकबाट निर्णय गरिएकोमा पूर्व निर्णय उपरको कार्य सम्पन्न भइसकेकोले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट मिति २०८२/०९/१७ मा निर्णय भएकोले सोही व्यहोरा निर्णयानुसार अनुरोध छ’ , सूचनामा भनिएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ