मङ्गलबार, ०३ भदौ २०८२

उपसभामुखलाई हटाउने एमाले-कांग्रेसकाे प्रयासकाे सशक्त प्रतिवाद गर्ने विपक्षीको निष्कर्ष


काठमाडाैँ। विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सत्तारुढ दलहरूले चालेकाे कदमकाे सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूकाे बैठकले यस्तो निष्कर्ष निकालेको हो।

उपसभामुख इन्दिरा रानामगरलाई हटाउन नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले आजबाट हस्ताक्षर अभियान चलाएका छन्।

उपसभामुखलाई हटाउन हस्ताक्षर अभियान चलाएपछि आजै विपक्षी दलहरूले बैठक बसेर दुई दलकाे तयारीलाई असफल बनाउने निष्कर्ष निकालेकाे हाे। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ