- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडाैँ। प्रतिनिधिसभा बैठक आज पनि प्रतिपक्ष दलहरूले अवरोध गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएका प्रतिपक्ष दलहरूले आज पनि बैठक अवरोध गरेका हुन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै प्रतिपक्षका सांसदहरू उठेर विरोध गरे।
सभामुख घिमिरेले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेपनि सांसदहरूले अवरोध कायमै राखेपछि बैठक स्थगित गरेका छन्।
प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएकाे हाे।
टिप्पणीहरू: