- भदौ ०२, २०८१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएकाे छ ।
सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेपछि मन्त्रालयले विज्ञप्तिमार्फत् ओपीडी सञ्चालन गर्न निर्देशन दिएकाे हाे ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारको हकमा कामको भार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्न भनिएको छ ।
कर्मचारीलाई शनिबारबाहेक सातामा अर्को एक गरी दुई दिन बिदा दिने व्यवस्था गर्न र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदाको व्यवस्था गर्नुपर्ने छ ।
प्रादेशिक अस्पतालहरूमा पनि यो व्यवस्था लागू हुने मन्त्रालयको भनाइ छ ।
टिप्पणीहरू: