सोमबार, ०४ जेठ २०८३

जंगली भ्याकुर खाँदा एक जनाको मृत्यु, आठ बिरामी


गलकोट (बागलुङ) । यहाँको बडिगाड गाउँपालिका–५ खाराबजारका भोजराज घिमिरेको घरमा जङ्गलमा पाइने फल (जङ्गली भ्याकुर) खाँदा आज एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन् ।
 
भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने गरेपछि बडिगाड गाउँपालिका–५ निवासी ७२ वर्षीया फिरककुमारी घिमिरेको मृत्यु भएको छ । 

यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन् । बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ