आइतबार, १७ जेठ २०८३

घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु


सांकेतिक तस्बिर

ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए। सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ