- असार ०६, २०८०
वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ ।
भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए ।
गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए ।
टिप्पणीहरू: