- असार ०६, २०८०
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन सम्पन्न भएकाे छ । उनलाई अपरेशन थिएटर (ओटी) बाट वार्डमा सार्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएकाे छ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका निर्देशक डा.सुवास आचार्यले ओलीको अपरेशन सम्पन्न भएको जानकारी दिए । केहीबेरमै अस्पतालले प्रेस नाेट जारी गरेर उनकाे स्वास्थ्य स्थितिबारे जानकारी दिने भएकाे छ ।
टिप्पणीहरू: