- असार ०६, २०८०
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीकाे निर्वाचनको परिणाम आफ्नाे पार्टीका लागि 'अनपेक्षित र अस्वाभाविक' भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले निर्वाचन प्रक्रिया र परिणामबारे विस्तृत टिप्पणी गर्ने बेला नभए पनि अहिलेको नतिजा स्वभाविक नभएको बताए।
एमालेविरुद्ध चौतर्फी कुप्रचार भएको बताउदै ओलीले एमालेलाई तथ्यका आधारमा नभई असत्य, गालीगलौज र कुप्रचारका माध्यमबाट प्रहार गरिएको गुनासो गरे।
ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालको अत्यधिक र प्रभावकारी प्रयोग गर्न निर्देशन दिएका छन्। साथीहरूले सामाजिक सञ्जालमा स्टाटस लेख्दा चाहिनेभन्दा बढी नचाहिने कुरा लेख्ने गरेको भन्दै उनले ती प्रवृत्ति सच्याउनुपर्नेमा जोड दिए।
फागुन २१ मा भएकाे निर्वाचनमा एमालेले प्रत्यक्षमा नाै र समानुपातिकमा १६ गरेर २५ सिट जितेकाे थियाे । अहिले संसदमा तेस्राे बरियतामा रहेकाे एमाले अध्यक्ष ओलीले बालेन शाहसँग ४९ हजार मतान्तरले पराजित भएका थिए ।
अहिले एमालेमा नेतृत्व परिवर्तनकाे बहस सुरु भएकाे छ ।
टिप्पणीहरू: