आइतबार, १४ असार २०८३

ओली, प्रचण्ड, माधव नेपाल एउटै मञ्चमा


काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा कम्युनिस्ट पार्टीका शीर्ष नेता एउटै मञ्चमा उभिएका छन्।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयाेजक प्रचण्ड, सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरू एकैठाउँमा देखिएका हुन्।

राष्ट्रिय सभागृहमा जारी कार्यक्रममा मदन भण्डारी फाउण्डेशन राष्ट्रिय पुरस्कार लेखक रमेश रुछेन राईलाई प्रदान गरियो। सो पुरस्कार राशी दुई लाख रहेको जनाइएको छ।

कार्यक्रममा मदन भण्डारीबारे लेखिएको पुस्तक पनि विमोचन गरिएको छ।

कार्यकर्ताकाे वलमा विद्या भण्डारी एमाले नेतृत्वमा आउन खाेज्दै गर्दा अध्यक्ष ओलीले उनकाे सदस्यता नवीकरण नै राेकिदिएका थिए । 

जेन्जी आन्दाेलनपछि सेनाकाे हेलिकाेप्टर चढेर बालुवाटारबाट भागेका ओली प्रतिनिधि सभा निर्वाचनमा भारी मतले पराजित भएपछि भण्डारीकाे सदस्यता नवीकरण गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ