बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



देश अप्ठ्याराेमा पर्दा ओलीले सहि बाटाेमा ल्याउने गरेका छन् : शंकर पाेखरेल
बिहिबार, २१ जेठ २०८३

देश अप्ठ्याराेमा पर्दा ओलीले सहि बाटाेमा ल्याउने गरेका छन् : शंकर पाेखरेल


काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रलाई सङ्कटबाट बाहिर निकाल्न एमालेले सशक्त भूमिका खेल्दै आएको बताएका छन् । 

राष्ट्रिय सभागृहमा आयोजित घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा देश अप्ठेरोमा पर्दा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले सही बाटोमा ल्याउने काम गरेकाे दाबी गरे । नेपाली समाजलाई विखण्डनबाट जोगाउने होस् वा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान स्थापित गर्ने कुरामा एमालेले सधैँ अगुवाइ गरेको उनले दावी गरे । 

नेपालको राजनीतिक इतिहासमा देशको विकासमा सबैभन्दा प्रभावकारी काम गर्ने सरकार ओली सरकार भएको पोखरेलकाे भनाई थियाे । एमालेका अध्यक्ष मनमोहन अधिकारीले सुरु गर्नुभएको सामाजिक सुरक्षा कार्यक्रमलाई केपी ओली नेतृत्वको एमाले सरकारले विकास र विस्तार गरेको उनले स्मरण गराए । 

यो सच्चाइलाई बुझेर पार्टी छाडेर गएका नेताहरू एमाले फर्किएकाे पोखरेलले बताए । 

भदौ २३ र २४ को घटनाको सन्दर्भमा पोखरेलले नेपाली नवयुवालाई ढाल बनाएर विध्वंसात्मक कार्य गरिएको बताए । ‘२३ गते स्कुले बालबालिकालाई ढाल बनाएर मुलुकलाई कमजोर बनाउन जुन षडयन्त्र भयो, त्यो षडयन्त्र बाहिर ल्याउन जरुरी छ, विद्यालय गएका विद्यार्थीलाई स्कुल ड्रेसमा आन्दोलनमा ल्याउनु के षडयन्त्र होइन ?’, उहाँले भने । 

भदौ २३ र २४ गते भएको षडयन्त्रका योजनाकार र मतियारको पहिचान गर्न जरुरी रहेका उनले बताए । ‘आज सामाजिक सञ्जाल मार्फत एक पछि अर्का दृश्य आउँदो षडयन्त्र कति गहिरो रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ’, उनले भने ।

अहिलेको अन्तरिम सरकार नियोजित रूपमा राजनीतिक दललाई कमजोर बनाउने षडयन्त्रका साथ अघि बढिरहेको उनले बताए । राजनीतिक दल कहिल्यै पनि प्रतिशोधामत्मक नहुने बताउँदै उनले अहिलेको सरकार प्रतिशोधको भाव सहित अघि बढेको आराेप लगाए । ‘यसले समाजलाई सही दिशा प्रदान गर्न सक्दैन भन्ने कुरा देखिएको छ, त्यसैले २३ र २४ गतेको घटनाले मुलुकलाई दशकौँ पछाडि धकेलेको छ, त्यसैले विघटित भएको प्रतिनिधि सभालाई पुनर्स्थापित गर्नुपर्छ भन्ने मान्यता हामीले राखेका छौँ’, उहाँले भने। 

पोखरलेले चुनाव हुने वातावरण छैन तर यसलाई अस्वीकार गर्न सकिँदैन भनेर अन्य दलहरूले आन्तरिक छलफलमा भन्ने गरेको भन्दै उनले आलोचना गरे । राजनीतिक दलले यो कुरा खुलेर गर्नुपर्ने उनको धारणा छ । 

अन्य राजनीतिक दल डरकै कारण बोल्न नसकेका बताउँदै पोखरेलले यस्तो बेला बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताए । त्यो राष्ट्रिय शक्ति नेकपा एमालेलाई बनाउन सबै वामपन्थी र राष्ट्रवादी व्यक्ति र शक्ति एमालेमा एकत्रित हुन जरुरी रहेको पोखरेलको भनाइ छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ