- असार ०६, २०८०
चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा काँग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् ।
आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताए ।
“जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरुप्रति कांग्रेसको कुनै पनि असहयोग रहँदैन ।” उनले भने फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेसले संसदीय दलको नेता आन्तरिक रुपमा सर्वसम्मत गर्न खोजिएको भए पनि यो प्रयास असफल भएको उनले बताए । सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुङ्याउने गरी वैशाख ४ गते संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।
पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न अहिलेको नेतृत्वको चाहना रहेको उनले बताए। अहिलेको समस्याको समाधान १५औँ महाधिवेशन भएको भन्दै उनले अब अधिवेशन तिर लागौँ अदालत तिर होइन भने ।
टिप्पणीहरू: