- असार ०७, २०८०
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक र श्रम बिना देशको प्रगति सम्भव नभएको बताएका छन् ।
सरकारले साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको जानकारी दिँदै ओलीले सरकारले श्रमिकलाई सधैँ भरोसा दिने बताए । सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३ सयबाट बढाएर १९ हजार ५ सय ५० रुपैँया बनाउने निर्णय गरेको छ । ‘श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेको पनि उनले जानकारी दिए । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका पनि ओलीले बताए । ‘श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने छ, जय श्रमिक, जय नेपाल’, उनले लेखेका छन्।
टिप्पणीहरू: