बिहिबार, १२ कात्तिक २०८३

आन्ध्र प्रदेशमा 'अर्नाब' चक्रवातले २६ लाख एकड धान खेत प्रभावित


आन्ध्र प्रदेशमा चक्रवात 'अर्नब' का कारण आएको तीव्र हावाहुरी र भारी वर्षाले बालीनालीमा व्यापक क्षति पुर्‍याएको छ।

आधिकारिक अनुमान अनुसार, यस सिजनमा उक्त राज्यमा धान खेती गरिएको कुल क्षेत्रफल ३७.५३ लाख एकड रहेको छ। यसमध्ये २६ लाख एकड जमिन चक्रवातबाट प्रभावित क्षेत्रभित्र पर्दछ।

बीबीसी तेलुगुका अनुसार, कोनासीमा जिल्लामा धान र केराबालीमा ठूलो क्षति पुगेको छ। धेरै संख्यामा नरिवलका रूखहरू र बिजुलीका पोलहरू ढलेका छन्, साथै थुप्रै घरहरूमा पनि क्षति पुगेको छ।

उनले कोनासीमा जिल्लाको कात्रेनीकोना मण्डलमा पर्ने चेयेरुमा बालीनालीको निरीक्षण गर्नेछन् र किसानहरूसँग कुराकानी गर्ने भएकाछन्। त्यसपछि, उनले राहत केन्द्रहरूमा आश्रय लिइरहेका मानिसहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेकाे छ।यसअघि, जिल्लास्तरीय अधिकारीहरूसँगको समीक्षा बैठकमा मुख्यमन्त्री चन्द्रबाबुले चक्रवातका कारण घर, बालीनाली, पसल वा अन्य सम्पत्ति गुमाएकाहरूलाई सहयोग गर्न सरकारले कदम चालेको बताए।

उनले मृतकका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन तथा बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई २५ केजी चामल वितरण गर्न निर्देशन दिए।हाते तान (ह्यान्डलोम) मा काम गर्नेहरू र माछा मार्नेहरूलाई ५० केजी चामल, प्याज, खाना पकाउने तेल र दाल उपलब्ध गराउने बताए। यसका साथै, राहत शिविरहरूमा आश्रय लिइरहेकाहरूले १,००० रुपैयाँ आर्थिक सहयोग प्राप्त गर्नेछन्।

मुख्यमन्त्रीसँगको समीक्षा बैठकमा, आन्ध्र प्रदेश विद्युत विभागका अधिकारीहरूले चक्रवातको प्रभावका कारण कोनासीमा जिल्लामा करिब ६,००० वटा बिजुलीका पोलहरू ढलेको जानकारी दिए।

यस चक्रवातले तटीय जिल्लाहरूमा धान, कोनासीमामा नरिवल र गोदावरी उपत्यकामा केरा लगायतका प्रमुख बालीनालीका साथै जलकृषि (माछापालन आदि) लाई पनि नराम्ररी प्रभावित पारेको छ।

भारी वर्षा, तीव्र हावाहुरी र बाढीका कारण हजारौं एकड जमिनमा लगाइएका बालीनालीमा क्षति पुगेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ