- असार ०६, २०८०
काठमाडाैं । लगातार बढेर तीन हजारभन्दा माथिको बिन्दुमा उक्लिएको सेयर बजार परिसूचक नेप्से आज भने ४७.९३ अंकले घटेर २९५४.१४ बिन्दुमा ओर्लिएको छ ।
आज नेप्से १.५९ प्रतिशतले घटेको छ । आज दिनभर ३ करोड ६४ लाख १७ हजार ७ सय ४२ कित्ता सेयर १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँमा किनबेच भयो । कारोबारमा आएका कम्पनीमध्ये आज २३ वटाको मात्र सेयर मूल्य बढेको छ, २२६ वटाको घटेको छ।
आज सान्भी इनर्जी र ट्रेड टावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सान्भी इनर्जीको सेयर निरन्तर नवौं कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी ट्रेड टावरको सेयर निरन्तर दशौं कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, आज समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने सिक्लेस हाइड्रोपावरको ५ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.०४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।
१३ उपसमूहमध्ये आज एउटामात्र उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।
टिप्पणीहरू: