सोमबार, २६ साउन २०८२

नेपाली मुलका भुटानी ललित प्रधानले अमेरिकामा श्रीमती र छोरालाई गोली हानेर मारे


अमेरिकाको डलासमा शनिबार गोली प्रहारबाट तीन जना नेपाली मुलका भुटानीको मृत्यु भएको छ ।

मारिनेमा ललित प्रधान, उनकी श्रीमती रञ्जना प्रधान र तीन वर्षीय बालक प्रणीश प्रधान रहेका छन् ।

डेढ दशकदेखि अमेरिकामा बस्दै आएका भुटानी शरणार्थी ललितले श्रीमती र छोरीलाई गोली हानेर मारेको अमेरिकाबाट प्रकाशित फक्स फोर न्युजले उल्लेख गरेको छ ।

घटना डडली स्ट्रिटको १९०० ब्लकमा भएको थियो । डलास प्रहरी विभागका अनुसार, ५३ वर्षीय ललित प्रधानले घटनास्थलमा दुई जना गोली हानेपछि आफुलाई पनि गोली हानेका । प्रहरीले दुई जनालाई मृत अवस्थामा र प्रधानलाई गोली लागेको अवस्थामा जीवीत भेटेको थियो तर, उपचारको क्रममा उनको मृत्यु भएको थियो । 


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ