- असार ०६, २०८०
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका १० वटा कम्युनिस्ट पार्टीहरूकाे एकता राष्ट्रिय सम्मेलन बुधबार काठमाडौँकाे भृकुटीमण्डपमा सुरु भएको हो।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपालसहितका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर सम्मेलनको उद्घाटन गरेका छन्।

एकता सम्मेलनमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भएका छन्।
नेता खनाल एकता प्रक्रियामा सहभागी नहुने भन्दै छुट्टै अभियानमा लाग्ने बताएका थिए। अन्तत: उनी प्रचण्ड–माधवसहितको एकतामा सहभागी हुन पुगेका हुन्।

टिप्पणीहरू: