शुक्रबार, २१ कात्तिक २०८२

नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताको लागि निर्वाचन आयोगमा दियाे निवेदन


काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

विभिन्न १० वामपन्थी पार्टीबीच एकता घोषणा भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच बुधबार एकता घोषणा गरिएको थियाे।

उक्त पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् भने सहसंयोजक माधवकुमार नेपाल छन्।

नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ राखिएकाे छ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगमा धमाधम दल दर्ता भइरहेकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ