- असार ०६, २०८०
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल भएको छ।
छलफलमा नेकपा (माओवादी केन्द्र)बाट अलग भएका जनार्दन शर्मा र सुदन किराती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापति डीपी अर्याल, नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिकी नेतृ दुर्गा साेवलगायत नेताहरू सहभागी छन्।

जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल जुटेकाे पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएकाे छ।
टिप्पणीहरू: