बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



नेपालले दियाे युएई दुई सय ४० रनको लक्ष्य
बिहिबार, २१ जेठ २०८३

नेपालले दियाे युएई दुई सय ४० रनको लक्ष्य


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २४० रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी एकेडेमीमा जारी खेलमा नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । उनले ६८ बलमा सात चौका प्रहार गर्दै ४८ रनको योगदान दिएका हुन् । त्यस्तै कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ४५ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए । 

 यता युएईका लागि ध्रुव पराशर, मुहम्मद जवादुल्लाह र जुनेद सिद्दिकीले समान दुई÷दुई विकेट लिए भने जाहिद अलीले एक विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ