बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



नेप्सेमा दोहोरो अङ्कको सुधार
बिहिबार, २१ जेठ २०८३

नेप्सेमा दोहोरो अङ्कको सुधार


काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो।

आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ दशमलव ९६ को कारोबार भएको छ।

आजको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रू ३८ करोड ६१ लाख ५२ हजार ४८४ बराबरको सात लाख १० हजार २५९ कित्ता शेयर किनबेच भएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ