शुक्रबार, ०५ मंसिर २०८२

एमसीसी परियाेजनाका लागि नेपालले पायो थप ७ अर्ब


काठमाडौँ । 'एमसीसी नेपाल कम्प्याक्ट'का लागि नेपालले थप ७ अर्ब ८ करोड बराबरको अतिरिक्त अनुदान प्राप्त गरेको छ । 

नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा ५ करोड अमेरिकी डलर अनुदान रकम थप गर्ने निर्णय भएको जानकारी गराएको हो । 

 यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ ।

अब विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउनेजस्ता सो सम्झौताका मुख्य उद्देश्यहरू पूरा गर्न मद्दत गर्ने दूतावासको भनाइ छ । 

 ऊर्जा ग्रिडको विश्वसनीयता र बजार पहुँचमा सुधार गरी यस सम्झौताले अन्तर्राष्ट्रिय “कनेक्टिभिटी” मा सहयोग पुर्‍याउने र ऊर्जा पूर्वाधारमा अमेरिकी उत्कृष्टता तथा असल अभ्यासहरूको प्रवर्द्धन गर्ने अपेक्षा राखिएको छ । उक्त सम्झौताले अमेरिकी प्रविधि र कम्पनीहरूका लागि नेपाली बजारमा प्रवेश गर्ने अवसरहरूको विस्तार पनि गर्ने दूतावासको भनाइ छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ