शुक्रबार, १३ कात्तिक २०८३

पत्रकार विश्वमणी सुवेदी पक्राउ


काठमाडाैं ।  पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन् ।

बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाट प्रहरीले सुवेदीलाई पक्राउ गरेको हाे ।

प्रधान सम्पादक मात्रिका पौडेलले दिएकाे जानकारी अनुसार अपराध अनुसन्धान महाशाखाबाट आएका दुई जना सादा पोशाकका प्रहरीले सुवेदीलाई पक्राउ गरेका हुन्।

पौडेलका अनुसार नेपाल प्रेस अनलाइन सञ्चालन गर्ने कम्पनी नेपाल इप्रेस मिडिया प्रालिका अध्यक्ष विन्दुराज लम्साललाई पनि प्रहरीले साइबर ब्यूरो बोलाएको छ।

पक्राउ परेका सुवेदीलाई साइबर ब्युरोमा बुझाउने तयारी गरिएको छ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ