सोमबार, २६ साउन २०८२

उत्तर कोरियासँग ११ गोलअन्तरले नेपाल पराजित


काठमाडौं ।  उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित हुँदा नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन असफल भएको छ । भुटानमा जारी छनोटमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो ।

समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको हो ।

पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा थप ६ गोल गर्‍यो । खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो । नेपालले पहिलो खेल भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियालाई १-० ले पराजित गरेको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ