आइतबार, २८ भदौ २०८३

राष्ट्रिय शोक मनाउने गृहमन्त्रीकाे निर्णय, मृतकका परिवारलाई १ लाख दिने


काठमाडौं। गृह मन्त्रालयले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले साेमबार पदभार ग्रहण गरेपछि यस्ताे निर्णय गरेका हुन्। मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन्।

शोक कुन दिन मनाउने भन्ने मन्त्रिपरिषद्ले निर्णय लिने उनले बताए।

आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार रु एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ