मङ्गलबार, २४ भदौ २०८२

जेनजी आन्दाेलनकाे असरले राष्ट्रियसभा बैठक स्थगित


काठमाडौँ । जेनजी आन्दाेलनकाे कारण  राष्ट्रियसभाको बैठक स्थगित भएकाे छ । यसअघि उक्त बैठक आज दिउँसो १३ः१५ बजेका लागि तय गरिएको थियो । 

 विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिए । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १३ः१५ बजे बस्ने तय भएको उनले जानकारी दिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ