बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



राष्ट्रिय सभा निर्वाचन : देशैभरि मतदान सुरू
शुक्रबार, २२ जेठ २०८३

राष्ट्रिय सभा निर्वाचन : देशैभरि मतदान सुरू


काठमाडाैं ।  राष्ट्रिय सभा निर्वाचनका लागि देशैभरि मतदान सुरू भएको छ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि तय भएको मतदान देशैभरिका केन्द्रहरूमा सुरू भएको हो।

फागुन २० गतेदेखि रिक्त हुन् १८ पदमध्ये १७ पदमा निर्वाचन हुँदैछ। कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलकुमार थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

आज हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ। प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ।

५९ सदस्यीय सभामा आउँदो फागुन २० गते १९ जनाको पद रिक्त हुँदैछ।

जसमध्ये १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ