आइतबार, ३१ जेठ २०८३

नारायणकाजीले राष्ट्रियसभा सदस्यबाट दिए राजीनामा


फाइल तस्बिर

काठमाडौं। नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्।

उनले आइतबार बिहान राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई राजीनामा बुझाएका हुन्।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न श्रेष्ठले राजीनामा दिएका हुन्। उनलाई नेपाली कम्युनिस्ट पार्टीले सर्लाही-३ बाट उम्मेदवार बनाएको छ।

उनकाे राष्ट्रियसभा सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै थियो। श्रेष्ठले कार्यकाल सकिनु एक महिना अगाडि राजीनामा दिएका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ