शनिबार, २८ भदौ २०८२

माछा मार्ने क्रममा डुबेर आमाछोरीको डुबेर मृत्यु


दाङ । लमही नगरपालिका-१ मा पानीमा डुबेर आमाछोरीको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारीअनुसार लमही-१ वसन्तपुर बौराहकी ३९ वर्षीया किमा सार्की र सार्कीकी १७ वर्षीया छोरी होलिका सार्कीको डुबेर मृत्यु भएको हो ।

दुवै जनाको आज दिउँसो घरबाट उत्तरतर्फ रहेको चिसोखोलाको बगरे दहमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए । घटनापछि प्रहरी निरीक्षक पाण्डेयको नेतृत्वमा आठ जनाको टोली खटिएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ