- असार ०६, २०८०
काठमाडाैं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ।
बिहीबार मध्याह्नदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरू भएको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थिती र पार्टीको आगामी रणनीतिबारे विभिन्न प्रस्ताव राखेका छन्।
ती प्रस्तावहरूबारे समूहगत छलफल हुनेछ। समूहको छलफलबाट निस्किएको निष्कर्ष हलमा प्रस्तुत हुनेछ।
जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिपछि माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ।
टिप्पणीहरू: