बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



झापाकी मनिषाकाे काेरियामा ट्रककाे ठक्करबाट मृत्यु
बिहिबार, २१ जेठ २०८३

झापाकी मनिषाकाे काेरियामा ट्रककाे ठक्करबाट मृत्यु


काठमाडौं। दक्षिण कोरियाको ओन्जुमा ट्रकले ठक्कर दिँदा नेपाली विद्यार्थी मनिषा दाहालको मृत्यु भएको छ।

सोलस्थित नेपाली दूतावासका अनुसार आइतबार  सडकमा हिँडिरहेको बेला ट्रकको ठक्करबाट झापाकी २२ वर्षीया दाहालको मृत्यु भएको हो । उनको शवलाई नेपाल पठाउन प्रक्रिया अगाडि बढाइसकिएको छ। दाहाल एक वर्ष अगाडि फार इस्ट युनिर्भसिटीमा अध्ययन गर्न पुगेकी थिइन्।

गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले चालकबाट गल्ती भएको स्वीकार गरिसकेको बताइन्। ‘हामीले आवश्यक कानुनी तथा अन्य सहयोगको लागि घटनास्थलमा पुगेर सम्बन्धित निकायसँग छलफल गरेका छौं,’ अध्यक्ष मोक्तानले भनिन,‘दोषीमाथि कानुनी कारबाही गर्न र पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन हाम्रो पहल हुन्छ।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ