आइतबार, २५ जेठ २०८२

दाजु मारेर जेल गए, संविधान दिवसमा छुटेपछि पूर्व श्रीमती र दुई छाेरीकाे हत्या गरे


बुटवल ।  आफ्नै दाजुकाे हत्या गरेर जेल बसेका एक युवकले पूर्व श्रीमती र दुई छाेरीकाे हत्या गरेका छन् ।

बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा सुजन काेइरालाले ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या गरेका हुन् ।


सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई  पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।

उनीहरुलाई घरेलु हतियार चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

 कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ