- असार ०६, २०८०
काठमाडाैँ। मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेस सरकारमा सहभागी शर्माले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै पदबाट राजीनामा दिएकी हुन्।
मुख्यमन्त्री सिंहले भोलि प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन्।
यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्।
टिप्पणीहरू: