मङ्गलबार, २८ असोज २०८२

विपिन जोशीको निधन भएको पुष्टि, शव आजै इजरायललाई बुझाउने


काठमाडाैं ।  नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको पुष्टि भएको छ। हमासले आफ्नो नियन्त्रणमा रहेका जोशीको शव इजरायललाई बुझाउने भएको छ।  

इजरायलको अखबार (जेरुसेलम पोस्ट)ले यसअघि अज्ञात रहेका भनिएका जोशीको निधन भएको र शव आजै बुझाउने तयारी भएको उल्लेख गरेको हो।  

हमासले विपिनसँगै बगाय इलुज, योसी शाराबी र ड्यानियल पेरेजको शव बुझाउन लागेको समाचारमा उल्लेख छ। 

इजरायलसँग युद्धबिराम भएसँगै हमासले सोमबार आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धक पनि बुझाएको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ