- असार ०६, २०८०
काठमाडौं। एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रदेश एवं जिल्ला इन्चार्जहरुको जुम मिटिङ राखेर नेतृत्वको आलोचना नगर्न निर्देशन दिएको १२ घन्टा नबित्दै एमाले नेता गोकुल बास्कोटाले नेतृत्व परिवर्तन हुनुपर्ने माग गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बास्कोटाले भनेका छन्, ‘अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी, कहिले गर्ने? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुर्नगठन गरौं।’
उनले भनेका छन् ‘अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाँच्दैन र गणतन्तत्र विना समाज, समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आवाज उठाउँदै आएका बास्कोटाले पुरानो नेतृत्वलाई बिदा गर्नुपर्ने धारणा राख्दै आएका छन्।
उनकाे यस्ताे लेखेका छन्:
अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी,कहिले गर्ने ?छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौ।अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज।समय,परिवेश,प्रकृति,प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ।
टिप्पणीहरू: