सोमबार, ०८ भदौ २०८३

काेसीका मुख्यमन्त्रीले पाए विश्वासकाे मत


काठमाडाैं ।  कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राएका छन्।

​प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको छ। उनलाई सत्ता साझेदार दल नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका हुन्।

​त्यस्तै, विपक्षमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका २९ मध्ये २२ जना सदस्य मतदानमा सहभागी भएका थिए ।

राप्रपाका सभामुखसहित ५ जना सदस्य मतदान प्रक्रियामा तटस्थ रहे भने जनता समाजवादी पार्टी (जसपा) की एकमात्र सदस्य निर्मला लिम्बु बैठकमा अनुपस्थित रहिन्।

​९३ सदस्यीय प्रदेश सभामा एक जनाले राजीनामा दिएपछि कायम ९२ सदस्यमध्ये सोमबारको बैठकमा ८३ जना सांसद उपस्थित रहेका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ