शुक्रबार, २१ कात्तिक २०८२

आमा बनिन् कट्रिना कैफ


मुम्बई । बलिउड नायिका कट्रिना कैफ आमा बनेकी छिन् । उनका श्रीमान विक्की कौशल र कट्रिना कैफले इन्टाग्राममा पोस्ट शेयर गर्दै छोरा भएको जानकारी दिएका छन् । उनीहरु विवाहको चार वर्षपछि आमा बुबा बनेका हुन् ।

कट्रिना र विक्कीले लेखेका छन् ‘हाम्रो खुसीको उपहार आएको छ ।’ कट्रिनाले गत सेप्टेम्बरमा आमा बन्ने घोषणा गरेकी थिइन् । उनीहरुको विवाह ९ डिसेम्बर २०२१ म भएको थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ