- असार ०६, २०८०
काठमाडौं । राष्ट्रिय सभामा कांग्रेसले दलको नेतामा कमला पन्तलाई मनोनित गरेकाे छ । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् ।
यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । उनलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।
सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् भने पन्त गगन थापा समूहकी । उनी विशेष महाधिवेशनको पक्षमा खुलेर लागेकी थिइन् ।
टिप्पणीहरू: