बुधबार, १९ कात्तिक २०८२

एकीकृत समाजवादीसँगकाे यात्रा आजदेखि टुंगियाे: रामकुमारी झाँक्री


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले साे पार्टीसँगको अध्याय आजदेखि सकिएको बताएकी छन्।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले पार्टी विघटनसँगै एकीकृत समाजवादीसँगकाे यात्रा टुंगिएकाे बताएकी हुन्।

‘नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरुमा हामी एउटा भयंकरै अभियान चल्छ भन्ने विश्वासका साथ हामी लागेका थियौं। एक हिसाबले त्याे अध्याय आजदेखि समाप्त भएको छ’, उनले भनिन्।

‘जब राजनीतिक बाटाे अवरुद्ध हुन्छ, राजनीतिमा या हर चिजमा। भाैतिक हिसाबले हिँडिरहेकाे बाटाे पनि जब अवरुद्ध हुन्छ, त्यतिबेला अवरुद्ध बाटोबाट कसरी अगाडि बढ्ने भन्ने भन्नका लागि पनि बाटोमा उभिनुपर्छ। यात्रालाई पज गर्नुपर्छ। र त्यसपछि उपयुक्त मार्गहरु प्रशस्त गरेर यात्रा अगाडि बढाउनुपर्ने हुन्छ’, उनले भनिन्, ‘त्यही कारणले एकीकृत समाजवादी पार्टीसँगकाे हाम्राे यात्रा त्याे पार्टी विघटन सँगसँगै टुंगियाे।’ 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ