बुधबार, १९ कात्तिक २०८२

कुनै पदकाे लागि एमालेमा फर्किन लागेकाे हाेइन, हाँसेर बोलिदिए पुग्छ: किसान श्रेष्ठ


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता किसान श्रेष्ठले नि:शर्त आफ्नो पुरानै घर नेकपा एमालेमा फर्किन लागेको बताएका छन्।

बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले कुनै पदकाे लागि नभइ नि:शर्त एमालेमा फर्किन लागेको बताएका हुन्।

‘हामी कसैसँग समाहित या एकताभन्दा पनि हामीले पसिना बगाएकाे, हामीले जीवन अर्पण गरेकाे हाम्राे मूल घर नेकपा एमालेमा फर्कँदैछाैँ’, उनले भने, ‘कुनै पदकाे लागि हाेइन या कुनै शर्तमा घर फर्कन लागेका हाेइनाैँ। नि:शर्त घर फर्कन्छाैँ।’

उनले आफूहरूलाई एमालेमा केही नचाहिएको भन्दै सम्मानजनक व्यवहार गरिदिए पुग्ने बताए।

‘हामीलाई केही चाहिएको छैन मुलघरमा। हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए हामीलाई पुग्छ भन्ने मनसायले वार्ता र संवाद गर्छौं’, उनले भने। 


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ