- असार ०६, २०८०
काठमाडौं । पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ ।
उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार सेनाकाे हेलिकाेप्टर मार्फत काठमाडौं ल्याइएको थियो ।
ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएकाे छ ।
४३ वर्षीय सिटौलाका पिता, एक दिदी र दुई दाजुभाइ छन् ।
टिप्पणीहरू: