- मंसिर १०, २०८२
काठमाडौँ । आगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ सर्वाधिक चासोको विषय बनेको छ ।
चर्चाको विषय बन्नुको कारण हो, यस क्षेत्रबाट उठेका उम्मेदवार । सम्भवत त पहिलो पटक हुनुपर्छ दुई पार्टीले ‘भावी प्रधानमन्त्री’ भनेर दाबी गरेका व्यक्ति एकै ठाउँबाट चुनाव लड्दैछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन शाह झापा ५ मा प्रतिस्पर्धा गरिरहेका छन् । यी दुबैलाई आ–आफ् पार्टीले ‘भावी प्रधानमन्त्री’ घोषणा गरेकाले पनि निर्वाचन थप पेचिलो बनेको छ ।
ओलीको गृहजिल्ला समेत रहेको झापा ५ यसअघि ओलीले पटक–पटक चुनाव जितेका छन् । बालेन उम्मेदवारका हिसावले झापावासीका लागि नयाँ अनुहार हुन् ।
२०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा ओलीले क्रमशः ५७,१३९ र ५२,३१९ मत प्राप्त गर्दै विजयी भएका थिए । काठमाडौ महानगरपालिकाका पूर्व मेयर बालेन ओलीसँगै चुनावमा भिड्न गएपछि झापा ५ प्रतिनिधीसभा निर्वाचनको इपिसेन्टर बनेको छ ।
०७९ को निर्वाचनमा रास्वपाका उम्मेदवारले यस क्षेत्रबाट करिब ११ हजार प्राप्त गरेका थिए । विगतमा एमालेले पाएको मतको हिसाब गर्ने हो भने ओली आफैंमा बलिया उम्मेदवार मानिन्छन् । तर, भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि परिस्थिती बद्लिँदै गएको छ । बालेन र ओलीबीचको निर्वाचनलाई एकथरीले पुस्तान्तरणको लडाईको रुपमा व्याख्या गरेका छन् ।
विगतका निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एआईन्स गरेको एमालेले यसपाली औपचारिक रुपमा कुनै पार्टीसँग अलाइन्स गरेको छैन । कांग्रेस, राप्रपा, नेपाली कम्युनिष्ट पार्टीका पनि छुट्टा छुट्टै उम्मेदवार भए पनि चर्को प्रतिस्पर्धा बालेन र ओलीबीच नै हुने भएको छ ।
आफुलाई नयाँ पुस्ताको प्रतिनिधी दाबी गर्दै आएका बालेनले झापा–५ नै रोज्नुले नेपाली राजनीतिमा एक खालको तरंग सिर्जना गरेको छ । जेनजी आन्दोलनलाई आन्दोलन नमानेर ‘विध्वंस’ मात्रै देख्दै आएका ओलीलाई जवाफ दिनकै लागि बालेन झापा ५ बाटै उम्मेदवार बनेको हो भन्नेहरु पनि धेरै छन् ।
सुसाशनका लागि भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जना विद्यार्थीले निधन भएपछि आन्दोलनले उग्ररुप लिएको थियो । भोलीपल्ट भदौ २४ गते तत्कालिन प्रधानमन्त्री ओली सेनाको हेलिकोप्टर चढेर बालुवाटारबाट भागेका थिए ।
टिप्पणीहरू: