- भदौ ०१, २०८१
जेरुसेलम । हमास र यसका सहयोगीहरूले सन् २०२३ अक्टोबर –७ मा भएको आक्रमण पछि गाजामा बन्धक बनाएका बन्दकहरू विरुद्ध चरम यौन हिंसा गरेको स्वतन्त्र इजरायली अनुसन्धान आयोगले मङ्गलबार जारी गरेको रिपोर्टमा उल्लेख गरेको छ ।
सन् २०२३ अक्टोबर –७ मा हमासद्वारा नियन्त्रणमा लिएका महिला र बालबालिका विरुद्ध गरेकोे अपराध सम्बन्धी नागरिक आयोगको प्रतिवेदनले गाजा पट्टीमा युद्धको क्रममा बन्दक बनाएकाहरू विरुद्ध भएको यौन हिंसाको स्तर निर्धारण गर्न संयुक्त राष्ट्र सङ्घसहितका अनुसन्धान निकायहरुमा आग्रह गरेको छ ।
दुई वर्षको स्वतन्त्र अनुसन्धानपछि उक्त आयोगले यौन र लैङ्गिक हिंसा अक्टोबर ७ को आक्रमण पछि बन्दकहरुका लागि असस्य अवस्था रहेको जनाएको छ ।
अपहरण, स्थानान्तरण र कैदको समयमा आक्रमणका स्थान र चरणहरूमा, हमास र यसका सहयोगीहरूले पीडितहरू विरुद्ध यौन दुव्यवहार र यातना जारी राखेको प्रतिवेदनमा भनिएको छ ।
अन्वेषकहरूले अनुसन्धानमा आवासीय समुदायहरू, नोभा सङ्गीत महोत्सव मैदान र वरपरका क्षेत्रहरू, सडक र आश्रयहरू, सैन्य प्रतिष्ठानहरू, र पीडितहरूको शव सहितका विभिन्न सामग्री प्रयोग गरेको बताएका छन् ।
रिपोर्टले तथ्यात्मक दस्तावेजहरूमा आधारित रहेको उल्लेख गर्दै यसमा साक्षीको अन्तर्वार्ता, फोटो, भिडियो, आधिकारिक रेकर्ड, र आक्रमण स्थलहरूबाट अन्य प्राथमिक सामग्रीहरू समावेश रहेको प्रतिवेदनमा भनिएको छ ।
समग्रमा, आयोगले ४३० वटा भन्दा बढी औपचारिक र अनौपचारिक अन्तर्वार्ता, प्रशंसापत्र सत्रहरू, र बचेका, साक्षीहरू, फर्केका बन्धकहरू, विशेषज्ञहरू र परिवारका सदस्यहरूसँग छलफल गरेको बताएको छ ।
नागरिक आयोगको निष्कर्षले यी अपराधहरू युद्ध अपराध, मानवता विरुद्धको अपराध, र अन्तर्राष्ट्रिय कानून विरद्धका कार्यहरू भएको औंल्याएको छ ।
हमासले भने सन् २०२३ देखि नै बारम्बार आरोपको अस्वीकार गर्दै आएको छ ।
यसै बीच इजरायलले लामो समय देखि संयुक्त राष्ट्र सङ्घ र प्रमुख अन्तर्राष्ट्रिय मानव अधिकार सङ्गठनहरूलाई सन् २०२३ अक्टोबर ७ को घटना पछि भएका यौन घटनासँग सजग नरहेको भन्दै यसको निन्दा गर्न ढिलो भएको आरोप लगाएको छ ।
रिहा गरिएका बन्धकहरूको प्रत्यक्ष विवरणको आधारमा कैदको समयमा मिसन टोलीले स्पष्ट र विश्वस्त जानकारी दिदै बलात्कार, यौन यातना, र क्रूर, अमानवीय व्यवहार भएको रिपोर्टमा उल्लेख गरेको छ ।
टिप्पणीहरू: