बुधबार, ०४ भदौ २०८२

मुख्यमन्त्री बाँनियाले गरे पाँच मन्त्री नियुक्त, लामा पक्षका परेनन्


हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार पाँच मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिएका छन् ।  पाँच जना आज मन्त्री थपिएपछि बागमती प्रदेस सरकारकाे १४ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएका छन् ।

मुख्यमन्त्री बानियाँले  सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गरेका हुन्।

बागमतीमा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षले आफ्ना पक्षका ३ जना सांसद धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गिता गुरूङलाई मन्त्री नियुक्त गर्नुपर्ने अडान लिँदै आएको थियो। तर, बानियाँले बहादुर पक्षका सांसदलाई सरकारमा सहभागी गराएनन् ।

 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ