- असार ०७, २०८०
काठमाडौं । भारतले लिपुलेक माथि नेपालको दाबी औचित्यपूर्ण नरहेको अभिव्यक्ति दिएकाे छ।
भारत सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र चीनकोबीचमा सन् १९५४ देखि नै लिपुलेकमार्ग हुँदै व्यापार हुने गरेको दाबी गरेका छन् ।
कोभिडका कारण केही वर्ष रोकिएको भएपनि अहिले पुनः सुरु गर्ने सहमति मात्रै भएको उनको दाबी छ ।
उनले नेपालले गरेको भौगोलिक दाबीलाई भारतले अस्वीकार गर्ने बताउँदै भने, ‘यस्ता दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा दाबी विस्तार गर्नु स्वीकार्य छैन।’
भारतले बाँकी सीमाका समस्याका विषयमा नेपालसँग संवाद र कूटनीतिक माध्यमबाट कुरा गर्न तयार रहेको स्पष्ट पारेको छ ।
भारत र चीनले लिपुलेकबाट व्यापार सुचारू गर्ने सहमति गरेपछि नेपालले उक्त भूमि नेपालकै भएको उल्लेख गर्दै भारत चीनको सहमतिबारे प्रतिक्रिया जनाएको थियो ।
टिप्पणीहरू: