शनिबार, ०८ कात्तिक २०८२

मन्त्रिपरिषद्मा दलका मान्छे राख्नुपर्ने राष्ट्रपतिकाे सुझाव मैले मानिनँ : प्रधानमन्त्री


काठमाडाैं ।  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सुझाव आफूले अस्वीकार गरेको  बताएकी छिन् ।

बीबीसी न्यूज नेपालीसँगको विशेष अन्तर्वार्ताका क्रममा उनले साे खुलासा गरेकी हुन्।

बीबीसीसंग कुरा गर्दै उनले राष्ट्रपति पौडेलले राजनीतिक दलहरूका एक एक जना सदस्य राखेर मन्त्रिमण्डल बनाउन दिएको सुझाव आफूले अस्वीकार गरेको उनकाे भनाई छ ।

"राष्ट्रपतिज्यूले हामीलाई के भन्नुभएको थियो भने हरेक राजनीतिक दलका एकएक जना सदस्य लिएर निर्वाचनको बृहत् मन्त्रिमण्डल बनाउनुस् भन्नुभएको थियो। मैले उहाँलाई त्यस्तो राम्रो हुँदैन भनेँ," उनले भनिन्।

आफूले राष्ट्रपति समक्ष 'राजनीतिमा नलागेको स्वतन्त्र व्यक्ति हुनुपर्ने धारणा राखेको' बताइन्।

"राजनीतिमा गएको (व्यक्ति) रहेछ भने त्यस्तोलाई हटाएर गैरराजनीतिक बरू कुनै संस्थामा काम गरेको अथवा सचिवहरू त्यस्तो व्यक्तिहरू जनजाति, दलित, महिला र पिछडिएको वर्ग ल्याउने पक्षमा छौँ," उनले भनिन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ