- असार ०६, २०८०
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित नहुनेमा आफु विश्वस्त रहेकाे बताएका छन् ।
निर्वाचन आयोगका पदाधिकारीलाई भेटेपछि उपसभापति शर्माले केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भबारे यस्ताे धारणा राखेका हुन् ।
देउवा समुहका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आयाेगले विशेष महाधिवेशनबाट निर्वाचितलाई मान्यता दिएमा देशैभर आन्दाेलन हुने अभिव्यक्ति दिएका थिए ।
‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौं,’ उपसभापति शर्माले भने, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भनेर केहीबेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौं । निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौं ।’
टिप्पणीहरू: