बिहिबार, ०१ असोज २०८३

देउवा समुहका ५० नेताले गगन थापालाई समापति स्वीकार्ने


काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा कार्यसमितिमा ५० जना नेताहरू सानेपा जाने भएका छन् ।

यसकाे अर्थ अब उनीहरुले गगन थापालाई पार्टी सभापति स्वीकार्ने भएका छन् ।

विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आह्वान गरेपछि देउवा समुहका नेताहरू पनि सानेपा जान तयार भएका हुन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दै छ ।

आजको बैठकमा आफूसहित ५० जना नेताहरू सहभागी हुने नेता मीनबहादुर विश्वकर्माले बताए ।

पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू संस्थापन पक्षमा लागेका छन् ।

विषेश महाधिवेशन अस्वीकार गर्दै आएका देउवाले बुधबार अपिल जारी गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ