मङ्गलबार, २९ वैशाख २०८३

नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक बस्दै


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दैछ । 

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । 
    
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ