बुधबार, ३० वैशाख २०८३

प्रतिनिधि सभाको बैठक फेरि पनि स्थगित


काठमाडाैं ।  प्रतिनिधि सभाको बैठक बुधबार फेरि १५ मिनेटका लागि स्थगित भएको छ। 

विपक्षी दलले विरोध यथावत राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक दोस्रो पटक स्थगित गरेका हुन्। बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदले सोधेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले उत्तर दिने कार्यसूची तय गरिएको थियो। त्यहीअनुसार, अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि छलफल होस् भन्ने प्रस्ताव टेबुल गरेका थिए। 

तर, विपक्षी दलले भने नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले नै उत्तर दिनुपर्ने अडान लिएका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ